काठमाडौँ, ४ फागुन । नेपाल–भारत फ्रेन्डसिप सोसाइटीले पूर्व प्रधानमन्त्री सुशील कोइरालाको स्मरणमा आज श्रद्धाञ्जलि सभा गरेको छ ।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले कोइरालाको निधनबाट मुलुकले ठूलो राजनीतिज्ञ गुमाएको बताउँदै उहाँको सादा जीवन तथा निष्ठाको राजनीतिलाई नयाँ पुस्ताले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका नेता लक्ष्मण घिमिरेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो सङ्घर्ष र राजनीतिक विकास क्रममा योगदान पु¥याउनुभएका कोइराला लोकप्रिय नेताका रुपमा सदैव स्मरणीय रहने विचार राख्नुभयो ।
सो अवसरमा डा लोकविक्रम थापा, राप्रपाका नेता नीलकण्ठ काफ्ले, उद्यमी विमल केडियालगायतले देशमा प्रजातन्त्र स्थापनाका लागि कोइरालाले निर्वाह गरेको भूमिकाबारे बताउँदै उहाँको त्याग र समर्पणको निष्ठालाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम आयोजक संस्थाका अध्यक्ष प्रेम लास्केरीले कोइरालाको अनुभव र त्यागका कारण उहाँको राजनीति सफल भएको भन्दै उहाँको निधनबाट देशले कुशल अभिभावक गुमाएको विचार व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment