काठमाडौँ, ४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीको जग्गा आफ्नो नाममा दर्ता गरी गैरकानुनी क्रियाकलाप गरेको अभियोगमा जिल्ला मालपोत कार्यालय बर्दियाका दुई कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार बर्दियामा कार्यरत तत्कालीन नायब सुब्बा प्रकाशचन्द्र बुढाथोकी र खरिदार ईश्वरीप्रसाद दाहालले सार्वजनिक जग्गा गैरकानुनी तरिकाले सोही जिल्ला सोरहवा गाविस वडा नं ७ बस्ने कोपीराज सापकोटाको नाममा दर्ता गरी भ्रष्टाचार गरेको पाइएको हो ।
बुढाथोकी र दाहालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ अनुसारको कसुर गरेको पाइएकाले रु १० लाख ११ हजार जरिवाना र कैद समेतको माग दाबी गरी मुद्दा दायर गरिएको हो ।
यस्तै जग्गा दर्ता गर्ने सापकोटाविरुद्ध पनि रु ११ लाख ११ हजार माग दाबी गरिएको छ । उनीहरु सबैलाई हदैसम्मको कारबाहीको मागसमेत गरिएको प्रवक्ता पुस्करको भनाइ छ । रासस
No comments:
Post a Comment