विराटनगर, ५ फागुन । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति स्व सुशील कोइरालाको असामयिक निधनप्रति नेका मोरङ क्षेत्र नं ५ ले आज यहाँ शोकसभाको आयोजना ग¥यो ।
काँग्रेस पार्टी कार्यालयमा आयोजित सो सभामा स्व कोइरालाको तस्बिरमा माल्र्यापण गरिएको थियो ।
सांसद अमृत अर्यालले स्व कोइरालाको नेतृत्वमा लोकतन्त्रलाई संस्थागत गर्ने गरी संविधान आएको बताउनुभयो ।
सो क्रममा नेका मोरङका सचिव नागेश कोइराला, हसन अन्सारी, फुलकुमार लालवानी, किशोर सुब्बा र राजेश गुप्ताले स्व कोइरालाको योगदानको चर्चा गर्नु भएको थियो । रासस
No comments:
Post a Comment