Wednesday, February 17, 2016

जिशिअमाथि हातपात, कार्यालयमा तोडफोड

मुगु, ५ फागुन । जिल्ला शिक्षा कार्यालयले रिक्त दरबन्दीमा आफूखुसी शिक्षक खटाएको भन्दै आज दिउँसो २ बजे जिल्ला शिक्षा कार्यालयमा तोडफोड र जिल्ला शिक्षा अधिकारीमाथि हातपात भएको छ ।

नेकपा माओवादी (वैद्य) पक्षका जिल्ला संयोजक मङ्गलबहादुर शाहीको नेतृत्वमा गएको ५०÷६० जनाको दस्ताले आज दिउँसो २ः३० बजे जिल्ला शिक्षा कार्यालयमा आई जिशिअ जवारीलाल हमालमाथि हातपात र कार्यालयमा तोडफोड गरेका हुन् ।

हातपातबाट जिशिअ हमाललाई सामान्य चोट लागेको र रु तीन लाखभन्दा बढीको फर्निचर तोडफोड भएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts