Tuesday, February 23, 2016

‘आफन्त नेपाल’को सहयोगमा महोत्तरीमा विद्यालयको निर्माण

महोत्तरी, १२ फागुन । आफन्त नेपालको रु २२ लाखको आर्थिक सहयोगमा महोत्तरीको हतिसर्वामा एक सामुदायिक विद्यालयको निर्माण भएको छ ।
जिल्लाका विकट क्षेत्रको रुपमा रहेको हतिसर्वा–७ सङ्ग्रामपुरमा स्थानीयवासीले उपलब्ध गराएको साढे तीन कट्ठा जग्गा तथा ‘आफन्त नेपाल’को रु २२ लाखको आर्थिक सहयोगमा श्री राप्रावि मैथिली सामुदायिक विद्यालयको निर्माण भएको हो ।

सो विद्यालयको लागि स्थानीयवासी राजनारायण यादवले साढे तीन कट्ठा तथा भागरथ यादवले दश धुर जग्गा उपलब्ध गराउनुभएको थियो भने आफन्त नेपाल भवन निर्माणको लागि आर्थिक सहयोग गरेको आफन्त नेपालका कार्यक्रम संयोजक जयप्रकाश मण्डलले जानकारी दिनुभयो ।

दलित एवम् गरिब समुदायका घरपरिवार रहेको सो स्थानमा विद्यालय भवन निर्माण भएपछि त्यस क्षेत्रका बालबालिका एवम् स्थानीयवासी हर्षित भएका छन् ।

विद्यालय निर्माण गरेपछि त्यस समुदायका पढ्ने उमेरका बालबालिकाले विद्यालयमा गएर पठनपाठन सुरु गरेको विद्यालयका प्रधानाध्यापक राजकरण यादवले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts