सोलुखुम्बु, १२ फागुन । जिल्लाको अति विकट गाविस गुदेलमा स्वास्थ्य चौकी भवन निर्माणको लागि स्थानीयवासी चारजनाले साँढे तीन रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।
स्थानीयस्तरमा चलनचल्तीको मूल्यअनुसार रु १२ लाख पर्ने सो जग्गा निःशुल्क प्राप्त भएको स्वास्थ्य चौकी गुदेलका अहेव रामु केसीले जानकारी दिनुभयो ।
गुदेल–५ का रत्नमान् कुलुङले ६५० वर्गमिटर, साहुराम कुलुङले ४४५ वर्गकिलोमिटर, सिङकेराम कुलुङले ३२५ वर्गकिलोमिटर र छिलु कुवीर कुलुङले ३६० वर्गकिलोमिटर जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।
उपस्वास्थ्य चौकीबाट स्वास्थ्य चौकीमा स्तरोन्नति भएपछि भवन बनाउन जग्गा अभाव भएकाले आपूmहरुले निःशुल्क जग्गा दान गरेको जग्गादाता रत्नमान कुलुङले बताउनुभयो । रासस
No comments:
Post a Comment