Thursday, February 18, 2016

डिजेल कालोबजारी गर्ने पक्राउ

काठमाडौँ, ६ फागुन । आफनै घरमा अवैधरुपमा पेट्रोलपम्प नै बनाई डिजेल बिक्री वितरण गरी कालोबजारी गर्ने दिनेश महर्जनलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

कीर्तिपुर नगरपालिका–१ ट्याङलाफाँटमा घरको कम्पाउन्डभित्र महर्जनले सरकारको दररेटभन्दा बढी मुल्य लिई प्रति लिटर रु १४० मा डिजेल बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरी सार्वजनिक गरेको हो ।

महर्जनलाई पक्राउ गरी उनको पम्पमा रहेको एक हजार १०० लिटर डिजेलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts