Thursday, February 18, 2016

“महाशिवरात्रिमा गाँजाभाङ खाने प्रवृत्तिको अन्त्य गर्नुपर्छ”

काठमाडौँ, ६ फागुन । महाशिवरात्रि पर्व सुरक्षित र व्यवस्थित रुपमा मनाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति गठन भएको छ ।

पशुपति क्षेत्र विकास कोषद्वारा आज आयोजित भेलामा प्रधानमन्त्रीको संरक्षकत्वमा सो समिति गठन गरिएको हो । शिवरात्रि यही फागुन २४ गते पर्छ । गत वर्ष पशुपतिनाथमा १० लाख भक्तजन आएको बताइएको छ । सो अवसरमा मन्त्री पोखरेलले विश्वको मानवजातिको रक्षा गर्ने पशुपतिमा दर्शन गर्दा साँच्चिकै आध्यात्मिक शान्ति महसुस हुने खालको वातावरण बनाई हर्षोल्लास र शान्तिको सन्देश दिने तरिकाले पर्व मनाउने तयारी गर्नुपर्ने औँल्याउनुभयो । कोषका अध्यक्ष पोखरेलले भन्नुभयो–“ महाशिवरात्रिमा गाँजा र भाङ खाने प्रवृत्तिको विस्तारै अन्त्य गर्दै जानुपर्छ ।”

कोषका सदस्य सचिव डा गोविन्द टण्डनले गत वर्षमा चार ढोकाबाटै दर्शन गराउँदा अस्तव्यत भएकाले यस वर्ष जुन ढोकाबाट दर्शन गर्न जाने हो, त्यही ढोकाबाट बाहिरिने व्यवस्था गरिने जानकारी दिँदै दु्रतरुपमा दर्शन गर्न चाहने भक्तजनका लागि रु एक हजारको टिकटको व्यवस्था गरिएको, सुरक्षा, भव्यता र सभ्यताका साथ पर्व मनाउनका लागि सजावट र बत्तीको व्यवस्था गर्ने तयारी गरिएको र साङ्गीतिक धुन फागुन २३ र २४ गते दुवै दिन बजाइने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts