Sunday, February 14, 2016

चौबिसौँ जिल्ला परिषद् सम्पन्न

धुन्चे (रसुुवा), २ फागुन । रसुवा जिल्लाको २४औँ जिल्ला परिषद् आज धुन्चेमा सम्पन्न भएको छ ।

सो परिषद्ले जिविसअन्तर्गत आगामी आर्थिक वर्षका २०७३÷७४ का लागि २९ करोड ६३ लाख ३२ हजार प्रस्ताव गरेको छ । प्रस्तावित बजेटमध्ये चालुतर्फ रु नौ करोड ४८ लाख २२ हजार र पुँजीगततर्फ रु २० करोड १५ लाख १० हजार रहेको स्थानीय विकास अधिकारी विष्णुप्रसाद कोइरालाले बताउनुभयो ।

रसुवाका सभासद् जनार्दन ढकालबाट उद्घाटन भएको २४औँ जिल्ला परिषद्ले सडक निर्माण, सिँचाइ, खानेपानी पर्यटन प्रवद्र्धन, ऐतिहासिक तथा धार्मिकस्थलको संरक्षण, ग्रामीण विद्युतीकरण, स्वस्थ्य सेवाको विस्तार, शिक्षाको चेतना, वातावरण जैविकताको संरक्षण, कृषि तथा पशु सेवाको विस्तार एवम् सुधारलगायतका कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

बेरोजगार युवालाई सीपको माध्यमबाट स्वदेशमा नै रोजगारीको सिर्जना गर्ने, लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका होटेलबाट निस्कने फोहोर जैविक मल बनाउन कदम चाल्ने, दर्ता छुटेका र नयाँ नापी गर्न आवश्यक रहेका जग्गाजमिनको नापी गराउनेजस्ता विविध प्रकारका नयाँ नीतिसमेत प्रस्ताव गरेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts