Wednesday, February 24, 2016

खेलकुदले राष्ट्रको गरिमा बढाउँछ : नेपाल

भीमदत्तनगर, १२ फागुन । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले खेलकुदले राष्ट्रको गरिमालाई बढाएको बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा आज आठौँ अन्तरमाविस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले खेलकुदको विकासमा सरकारले ध्यान दिनुपर्ने बेला भएको धारणा राख्नुभयो ।

“खेलले मेहनत, अनुशासन, मान सम्मान सबै दिन्छ” उहाँले भन्नुभयो–‘खेलकुदकै माध्यमबाट देशको प्रतिष्ठा पनि बढ्दै गएको छ ।” हालै भारतमा सम्पन्न साग खेलकुदमा नेपाल फुटबल खेलाडीले उचालेको फुटबल उपाधिले देशको मान बढेको उहाँको भनाइ थियो ।

“खेललाई जीवनमा अभिन्न अङ्गका रुपमा लिनुपर्छ” नेता नेपालले भन्नुभयो–‘सुदूरपश्चिम पनि खेलकुदको उर्वरभूमि नै हो ।” उहाँले कञ्चनपुरमा खेलकुद मैदान बनाउन आफू पहल गर्ने विश्वास दिलाउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts