वीरगन्ज, ९ फागुन । नेपाली का“ग्रेसको १३औँ महाधिवेशनअन्तर्गत पर्साका पा“चवटै क्षेत्रीय निर्वाचनको परिणाम प्राप्त भएको छ ।
पर्सा का“ग्रेस क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा विजय सर्राफ निर्वाचित हुनुभएको छ । क्षेत्र नं २ मा अरविन्द गुप्ता, क्षेत्र नं ३ मा गम्भीरा साह, क्षेत्र नं ४ मा बब्लु श्रीवास्तव र क्षेत्र नं ५ मा रमेश पाण्डे क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको हो ।
शनिबार सम्पन्न निर्वाचनमा क्षेत्र नं ३ का साह निर्विरोध निर्वाचित हुनुभएको नेपाली का“ग्रेसका नेता दिनाप्रसाद गुप्ताले बताउनुभयो ।
यस्तै क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ ओमप्रकाश शर्मा, राजेन्द्रबहादुर अमात्य, गोपाल कुर्मी, रामरुप कुर्मी, प्रकाश उपाध्याय र नरेन्द्र साह महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । क्षेत्र नं २ बाट अजयकुमार द्विवेदी, अशोककुमार जयसवाल, डा भगवान्प्रसाद यादव, विजय कर्ण, जतन कुर्मी र मदन यादव महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
क्षेत्र नं ३ बाट अजयकुमार चौरसिया, श्याम पटेल, अशोक गुप्ता, रामनरेशप्रसाद यादव, बाबुलाल मेहता र राजेश्वर साह तेली महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ भने क्षेत्र नं ४ बाट महाधिवेशन प्रतिनिधिमा रामेश्वर रौनियार, जनार्दन सिंह क्षेत्री, शम्भु चौहान, मनोज यादव, असर्फी साह र हरिनारायण चौधरी निर्वाचित हुनुभएको छ ।
त्यस्तै क्षेत्र नं ५ बाट प्रत्यक्षतर्फ रमेश रिजाल, वशिष्ठ नारायण कुर्मी, बृहस्पतिकृष्ण श्रेष्ठ, रामदेव चौहान, रामेश्वर महतो र भूपेन्द्र तिवारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
त्यस्तै महिलातर्फ क्रमशः क्षेत्र नं १ बाट उत्तमा प्याकुरेल र किरण सरकार, क्षेत्र नं २ बाट शान्ति कार्की र रामकली देवी, क्षेत्र नं ३ बाट अन्नपूर्णादेवी पाण्डे र सोनरी देवी, क्षेत्र नं ४ बाट बस्मतिदेवी गिरी र कलवातीदेवी कानु तथा क्षेत्र नं ५ बाट शैलदेवी राजपुत र कमला श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ ।
दलिततर्फ क्रमशः क्षेत्र नं १, २, ३, ४ र ५ बाट सकुलहजरा पासवान, शम्भुहजरा पासवान, रामबालक महरा र जगदीश हजरा पासवान तथा जनजातितर्फ रोशनमान सिंह, जोखनदास थारु, शैलेन्द्र चौधरी, सन्तोष चौधरी र अवधेश गौरो महाधिवेशन प्रतिनिधि हुनुभएको छ ।
मधेसी तथा अल्पसङ्ख्यकतर्फ क्रमशः क्षेत्र नं १, २, ३, ४ र ५ बाट प्रेमचन्द्र दुवे, हबिब मियाँ, सतिम मिया“, साविर हुसेन र सहरुम राउत गदी महाधिवेशन प्रतिनिधि चयन हुनुभएको नेपाली का“ग्रेस जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस
No comments:
Post a Comment