भक्तपुर, ९ फागुन । संयुक्त वाममोर्चा र नेपाली काँग्रेसको आह्वानमा २०४६ सालको जनआन्दोलनमा भक्तपुरमा भएको जुलुसमा प्रहरीको गोली लागेर सहिद भएका चार जनासहितको भक्तपुरमा सम्झना गरिएको छ ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा ती सहिदहरुको सम्झनामा सहिद दिवस मनाइएको हो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् सांसद प्रेम सुवाल, सांसद डिल्ली काफ्ले, पूर्वसांसद लीला न्याइच्याई, नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुरका अध्यक्ष गोविन्द दुवाल, नेमकिपा भक्तपुर नगर समितिका संयोजक रवीन्द्र खर्बुजालगायतले सहिदको सपना साकार हुन नसकेको बताउनुभयो । रासस
No comments:
Post a Comment