पथरी(मोरङ), ७ फागुन । विराटनगर उपमहानगरपालिकाले बालबालिकालाई श्रममा लागाउन नपाउने अभियान चलाएपछि बाल श्रमिक घटेका छन् ।
उपमहानगरपालिकाका बालबालिका शाखा प्रमुख डिल्ली धिमालका अनुसार विराटनगर नगर क्षेत्रमा पछिल्लो अवधिमा गरिएको सर्वेक्षणमा बाल श्रमिकको सङ्ख्या ५०० भन्दा कम रहेको छ । विसं २०७० मा गरिएको सर्वेक्षणमा बाल श्रमिकको सङ्ख्या एक हजार १२२ रहेको थियो भने २०६८ सालमा दुई हजार २८० थियो ।
विसं २०५७ मा श्रमिक बालबलिकाको सङ्ख्या झन्डै १० हजारको हाराहारीमा रहेको धिमाल बताउनुहुन्छ । “उपमहानगारपालिकालाई बाल मैत्री नगर घोषण गर्न बालबालिकालाई श्रममा लगाउन कडाई गरिएको छ” उहाँले भन्नुभयो । रासस
No comments:
Post a Comment