काठमाडौँ, ७ फागुन । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)को ५५औँ वार्षिकोत्सवका अवसरमा आज केन्द्रीय कार्यालय, भद्रकालीमा आयोजित विशेष कार्यक्रममा उहाँले दुई देशबीच विद्यमान असमझदारी हटाउन र भारतसँगको लामो समयदेखिको सम्बन्धलाई अझ सुमधुर एवम् सुदृढ बनाउन प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुने बताउनुभयो ।
प्रधानमन्त्रीको भ्रमणमा विगतमा भएका समझदारीको कार्यान्वयनका मुद्दाले विशेष प्राथमिकता पाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई देशबीच भएका सम्झौता जस्ताको त्यस्तै कार्यान्वयन र नेपालको स्वार्थ र राष्ट्रिय हित प्रवद्र्धन भ्रमणको प्रमुख उद्देश्य हो ।”
भारतपछि प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने जानकारी दिँदै उहाँले त्यसलाई उपलब्धिमूलक बनाउन गृहकार्य भइरहेको बताउनुभयो । चीन भ्रमणका बेला व्यापार र पारवहन सम्झौता एवम् इन्धनको व्यावसायिक कारोबारबारे सम्झौता हुने बताउनुभयो । मन्त्री राईले चीनसँग दीर्घकालीनरुपमा नयाँ नाका खोल्ने विषयमा पनि छलफल हुने बताउनुभयो ।
नेपाली काँग्रेसको महाधिवेशपछि नयाँ शिराबाट समझदारीका विषय अगाडि बढ्ने बताउँदै उहाँले संविधानको रक्षा र सफल कार्यान्वयनका लागि सङ्घीयताका बारेमा सबैसँग सहमति गरेर अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो ।
सरकारले वैशाख १२ को भूकम्प र अघोषित नाकाबन्दीको सामना गरेको बताउँदै मन्त्री राईले उच्चस्तरको सहमति भएर कार्यान्वयनमा आएको संविधान र त्यसको जगमा बनेको सरकारले जस्तोसुकै परिस्थितिको पनि सामना गर्ने स्पष्ट पार्नुभयो । रासस
Friday, February 19, 2016
प्रमको भारत भ्रमणपछि दुई देशबीचको सम्बन्ध थप सुदृढ हुन्छ – प्रवक्ता राई
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment