Thursday, February 11, 2016

गोली प्रहारबाट युवकको मृत्यु

तौलिहवा (कपिलवस्तु), २८ माघ । वाणगङ्गा नगरपालिका–१० जितपुरमा एक अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीयवासी राजेश सेनको मृत्यु भएको छ ।

छातीमा गोली लागी गम्भीर भएका ३७ वर्षीय सेनको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक डिल्लीराज विष्टले बताउनुभयो । सेन जितपुर ४ नं चोकमा नेपाली काँग्रेसले पार्टी सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बनाएको मञ्च नजिकै बसिरहेकामा उनलाई ताकेरै रातो रङको मोटरसाइकलमा आएका दुई युवकमध्ये एकले जमिन उत्रेर चार राउन्ड जति गोली प्रहार गरेको स्थानीयवासीले बताएका छन् ।

साँझ ७ः३० बजे नं प्लेट नभएको मोटरसाइकलमा आएका व्यक्तिले सेनमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारसँगै स्थानीय युवाले घटनास्थल जितपुर चोकमा प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । स्थिति तनावपूर्ण छ । अहिले सो क्षेत्रमा यातायात बन्द रहेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख शेरबहादुर बस्नेतले बताउनुभयो ।
सेनको शव अहिले अञ्चल अस्पतालमा राखिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts