Tuesday, February 23, 2016

नमूना राष्ट्रसङ्घीय सम्मेलन हुने

काठमाडौँ, ११ फागुन । अमेरिकी दूतावासले वैचारिक युवा समाजसँगको साझेदारीमा आगामी भदौमा काठमाडौँमा क्षेत्रीय नमूना राष्ट्रसङ्घीय सम्मेलनको आयोजना गर्ने भएको छ ।

सम्मेलनमा दक्षिण तथा मध्य एसियाका २०० भन्दा बढी प्रतिनिधि सहभागी भई क्षेत्रीय आर्थिक एकीकरण, जलवायु परिवर्तन लगायतका विविध विषयमा छलफल हुने छ ।

यसका अतिरिक्त विश्वविद्यालयस्तरीय उक्त राष्ट्रसङ्घीय अनुकरण अभ्यासले सहभागी विद्यार्थी प्रतिनिधिहरूको नेतृत्व क्षमताका साथै द्वन्द्व समाधान र वक्तृत्वकलासम्बन्धी सीपहरू अभिवृद्धि हुने दूतावास आज यहाँ जनाएको छ ।

दूतावासका अनुसार सम्मेलनले दक्षिण तथा मध्य एसियाका विद्यार्थीहरूलाई एक ठाउँमा भेला गराउँदै युवाहरूका लागि अन्तर्राष्ट्रिय सम्बन्ध तथा लोकतन्त्रको महत्वका विषयमा जान्नका लागि एक सशक्त माध्यम बन्नेछ ।

सन् २०१४ मा स्थापित वैचारिक युवा समाज युवाहरूद्वारा सञ्चालित गैरसरकारी तथा गैरराजनीतिक संस्था हो । बौद्धिक तथा अन्तरक्रियात्मक कार्यक्रमको सहजीकरण तथा आयोजना गर्दै यसले युवालाई सशक्त बनाउने लक्ष्य लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts