Monday, February 15, 2016

सागःफुटबलमा तेइस वर्षपछि नेपाललाई स्वर्ण

काठमाडौँ, ३ फागुन । आफ्नो घरेलु मैदानमा आयोजक भारतलाई पराजित गर्दै नेपालले बाह्राँै दक्षिण एसियाली खेलकुद (साग) मा तेइस वर्षपछि स्वर्ण पदक जितेको छ ।

इन्दिरा गान्धी स्टेडियम, गुवाहाटीमा भारतलाई २–१ ले पराजित गर्दै नेपालले क्षेत्रीय खेलकुदको उपाधिमाथि कब्जा जमाएको हो । नेपालको जितमा प्रकाश बुढाथोकीले ६६ औँ तथा नवयुग श्रेष्ठले ७० औँ मिनेटमा गोल गरेका थिए ।

एक गोलले पछि परेको नेपालले खेलमा फर्कँदै भारतलाई उपाधि विमुख गराएको हो । यसअघि भारतले हलिचरण नाजारेको प्यानल्टी गोलको मद्दतले पहिलो हाफको ३२ औंँ मिनेटमा अग्रता लिएको थियो । नेपाली रक्षक आदित्य चौधरीले डि–एरियामा भारतका उदन्त सिंहलाई फल गरेपछि उसले प्यानल्टीको अवसर पाएको थियो जसलाई नाजारेले सजिलै गोलमा परिणत गरे । गोल खाएर सम्हालिएको नेपालले त्यसपछि केही राम्रा आक्रमण ग¥यो ।

नेपालका लागि बुढाथोकीले गर्दै खेल बराबरीमा ल्याएका थिए । उनले आकर्षक फ्रि–किक मार्फत गोल गरेका हुन् । त्यसपछि पनि नरोकिएको नेपालका लागि ७० र्औं मिनेटमा श्रेष्ठले गोल गर्दै अग्रता दिलाए र अन्त्यमा सोही गोल निर्णायक बन्यो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts