धुन्चे (रसुवा), २४ माघ । नेपाल–चीन सीमा नाका रसुवागढी र टिमुरे क्षेत्रमा मोबाइल सेवा सञ्चालनमा आएको छ ।
नेपाल टेलिकमले धुन्चेको फुलुङ डाँडा र टिमुरेको खैदीमा टावर राखेपछि आजदेखि जिएसएम प्रविधिबाट ‘थ्रिजी’ सेवासहितको मोबाइल सेवा सञ्चालनमा आएको हो । नेपाल टेलिकम रसुवाका प्रमुख तोयानाथ रिजालले भूकम्पले साविकका उपकरणमा क्षति पुगेपछि पुनः सञ्चालनमा ल्याइएको बताउनुभयो ।
यस्तै जिल्लाको दक्षिणी भेगमा रहेको जीवजीवेमा ४८ वटा एडिएसएल सुविधासहित ९६ वटा तार फोन आजैदेखि सञ्चालन ल्याइएको छ । रासस
No comments:
Post a Comment