Friday, February 19, 2016

पहिलो पटक कर्णालीमा रासस स्थापना दिवस

जुम्ला, ७ फागुन । आधा शताब्दी पूरा गरेपछि कर्णालीमा पहिलो पटक राष्ट्रिय समाचार समिति (रासस)को ५५औँ स्थापना दिवस मनाइएको छ ।

रासस कर्णाली अञ्चल कार्यालय जुम्लाको आयोजनामा चियापान कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो । दिवसमा राससमा २०२९ सालमा छोटो अवधि काम गर्नुभएका कर्णालीका ज्येष्ठ पत्रकार रमानन्द आचार्यले यसको प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
कर्णाली विकास आयोगका प्रतिनिधि विपेन्द्रप्रसाद अधिकारीले राससले कर्णाली अञ्चललाई दिएको स्वामित्व तथा अधिकार स्वागतयोग्य रहेको बताउनुभयो ।
पत्रकार कर्णबहादुर भण्डारी तथा लक्ष्मीप्रसाद देवकोटाले रासस कर्णाली अञ्चल कार्यालयले ६ नं प्रदेशबाट नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गर्नुभयो । विश्वको पहिलो समाचार समिति एजेन्से फ्राँन्से प्रेसे (एएफपी) स्थापनाको २८३ वर्षपछि विसं २०१८ साल फागुन ७ गते नेपालमा रासस को स्थापना भएको थियो ।

वीरगन्ज – संविधानमा सबै नेपालीको अधिकार सुनिश्चित गराउनका लागि नेपाली सञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि समाजका अगुवाले जोड दिनुभएको छ ।

राससको वार्षिकोत्सवको उपलक्ष्यमा रासस नारायणी अञ्चल कार्यालय वीरगन्जद्वारा आज यहा“ आयोजित ‘संविधान निर्माणपछिको आवश्यकता र मिडियाको भूमिका’ विषयको अन्तक्र्रिया कार्यक्रममा उहाँहरुले नया“ संविधानले सबै जातजाति, भाषभाषी, वर्ग र समुदायको अधिकार सुनिश्चित गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागतगर्नुपर्ने र यसका लागि नेपाली सञ्चारमाध्यमले इमान्दारीपूर्वक प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताउनुभयो ।
अधिवक्ता पन्नालाल गुप्ताले सञ्चारमाध्यमले राजनीतिक दलको होइन, जनताको कार्यसूची बोकेर अगाडि बढ्नुपर्छ भन्नुभयो ।

नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष अधिवक्ता प्रमोद साहले नागरिकका जायज मागलाई संविधान संशोधन गरेर समेट्ने कुरा सञ्चारमाध्यमले जनतासामु पुु¥याउनुपर्ने सुझाव दिनुभयो ।

प्रा डा हरेराम ठाकुरले स्वतन्त्रता र निष्पक्षता पत्रकारिताको मूल मर्म भएको बताउनुभयो ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोक वैद्यले राससकर्मीले नागरिकसमक्ष पुगेर विकास निर्माणका अनुकरणीय समाचार सम्प्रेषण गरी विकासका लागि सञ्चार भन्ने नारालाई मूर्तरुप दिनुपर्ने औँल्याउनुभयो ।

नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानीले समावेशिता सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि राससले विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् रासस नारायणी अञ्चलका प्रमुख शीतलप्रसाद महतोले राससलाई नागरिकमैत्री संस्थाका रुपमा विकास गर्नका लागि रासस परिवार सक्रियताका साथ अगाडि बढ्ने वचनबद्धता प्रकट गर्नुभयो । पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराले समाचार कक्षमा नै संविधानका विषय गहन रुपमा उठ्न जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा समाजसेवी मुकेश सराबगी, कृषि वैज्ञानिक बिपी यादव, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौलागाईं लगायतले राससले आफूलाई प्रतिस्र्धामा खरो उत्रनका लागि यसलाई आधुनिक सुविधा र प्रविधि सम्पन्न बनाउनुपर्ने औँल्याउनुभयो ।

बुटवल – राससको स्थापना दिवसका अवसरमा रासस लुम्बिनी अञ्चल कार्यालय बुटवलले आज बुटवलमा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा वक्ताले सरकारको आधिकारिक समाचार समिति विश्वसनीय रहेको बताउँदै यसलार्ई थप व्यवस्थित गरेर सबै सञ्चारमाध्यमले समाचार प्रयोग गर्ने संस्थाका रुपमा चिनाउनुपर्नेमा जोड दिनुभयो ।

रुपन्देहीका प्रजिअ विष्णुप्रसाद ढकालले बदलिँदो परिस्थितिमा निजी क्षेत्रका सञ्चारमाध्यमसँग प्रतिस्पर्धा गर्नका लागि गुणस्तर र सेवामा थप गर्नुपर्ने बताउनुभयो ।

राससका पूर्वअध्यक्ष बालकृष्ण चापागाईंले राससको आफ्नै इतिहास र योगदान रहेको बताउँदै यसले आफ्नो भौतिक सम्पत्तिको सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अनुसन्धानमूलक, शिक्षा, विकासका समाचार प्राथमिकता दिई थप प्रभावकारी बनाउन पनि सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रय सदस्य दीपेन्द्र कुँवरले श्रम र आस्थाका आधारका हुने कामले पत्रकारलाई मर्कामा पार्न नहुने बताउनुभयो ।

रासस लुम्बिनी अञ्चल प्रमुख भरत केसीको अध्यक्षता भएको कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य दीपक ज्ञवाली, बुटवल उपमहानगरपालिका निमित्त प्रमुख विष्णुप्रसाद खनाल मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव गोविन्द खनाल, पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति विक्रम खड्का, पत्रकार खिमानन्द भट्टराई, डिआर घिमिरे, सुमन अधिकारीलगायतले राससलाई थप उत्तरदायी र आधुनिक बनाउनुपर्नेमा जोड दिनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts