Friday, February 19, 2016

अनेरास्ववियुको मतगणना सुरु

काठमाडौँ, ७ फागुन । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ ।

एमाले पार्टी कार्यालय धूम्रबाराहीमा मतगणनाका लागि आचारसंहिता निर्माण बनाइएपछि आज साँझदेखि गणना सुरु भएको हो । यसअघि बुधबार दिउँसोदेखि सुरु भएको मतदानको प्रक्रिया बिहीबार सम्पन्न भएको थियो ।

सत्र पदाधिकारीसहित १४२ सदस्यीय समितिका लागि देशभरका एक हजार ५९७ प्रतिनिधिले मतदाता रहे पनि एक हजार ५१९ मत खसेको थियो । गत माघ २८ गतेदेखि सुरु भएको २२औँ सम्मेलन समयमा सम्पन्न हुन नसक्दा प्रक्रिया लम्बिएको थियो ।

युनियनका निवर्तमान प्रवक्ता आरसी लामिछानेले अहिले काठमाडौँ उपत्यकाको मतगणना सुरु गरिएको बताउँदै शनिबार साँझसम्म परिणाम सार्वजनिक हुने जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts