Wednesday, February 17, 2016

ग्यास कालोबजारी गर्ने साह पक्राउ

भक्तपुर, ५ फागुन । महागरीय प्रहरी वृत्त जगातीको प्रहरी टोलीले भक्तपुर नगरपालिका–१७ बाट ग्यास कालोबजारी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

भक्तपुरको सल्लाघारीमा साह स्टोर एन्ड कम्युनिकेसन सञ्चालन गरी बढी मूल्यमा ग्यास बिक्री गर्ने सर्लाही–१ पिपराका नागेन्द्र साहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

प्रहरीले विभिन्न कम्पनीका १७ वटा ग्यास भरिएका सिलिण्डरसहित साहलाई पक्राउ गरिएको जनाएको छ । उपभोक्तासँग निर्धारित मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरेको खुलेपछि साहलाई आजै कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts