जनकपुरधाम, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको ऐतिहासिक भारत भ्रमणले नेपाल–भारतबीचको सम्बन्ध झन प्रगाढ हुने विश्वास भारतीय जनता पार्टी (भाजपा) का नेताले व्यक्त गरेका छन् ।
उनीहरुले केही दिनयता नेपाल–भारतबीच देखिएको तिक्तता समाप्त भएर जाने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीको दिल्लीमा स्वागत गर्न भारतीय सरकार लालायित रहेको प्रतिक्रिया दिएका छन् ।
सीतामढी जिल्लाको व्यापारी केन्द्र सुरसण्ढस्थित आफ्नै निवासमा आज रासससँग कुरा गर्दै भाजपाका राष्ट्रिय सदस्य मनिषकुमार गुप्ताले नेपाल–भारतबीच बेटीरोटीको सम्बन्ध भएकाले प्रधानमन्त्री ओलीको यो भ्रमणले झन दुवै देशबीच सम्बन्धमा गतिशीलता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अरु देशले नेपाल–भारतबीच जुन दूरी ल्याएका छन्, त्यो दूरी प्रधानमन्त्री ओलीको भ्र्रमणले समाप्त भएर जाने विश्वास व्यक्त गर्नुभयो ।
भाजपाका समर्थक श्यामशङ्करलाल कर्णले प्रधानमन्त्री ओलीको भारत भ्रमणले एकअर्काप्रति रहेको मतभेद समाप्त भई दुवै देशको सम्बन्ध अझ बलियो हुने बताएका छन् ।
ढिलो भए पनि प्रधानमन्त्री ओलीको यो भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्दै भाजपा नेता कर्णले भन्नुभयो– “यो भ्रमणले नेपालमा भइरहेको गृह कलह पनि समाप्त भएर जानेछ ।
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणलाई सकारात्मक रुपमा लिँदै सीमावर्ती भारतीय बजारका व्यापारीले खुसी व्यक्त गर्दै यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउनेछ ।”
प्रधानमन्त्री ओलीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधार, सीमा क्षेत्रमा देखिएको समस्यामा सुधार तथा दुई देशका नागरिकबीचको पारस्पारिक सम्बन्धमा सुधार आउने जयनगर ‘चैम्बर्स अफ कमर्श’का महासचिव अनिलकुमार बैलोरियाले बताउनुभयो ।
उहाँले दुई देशका प्रधानमन्त्रीले आपसी सम्बन्धलाई कायम राख्दै पारवहन सुविधा, सीमा क्षेत्रका बासिन्दाको आवतजावतमा सुविधा सटही काउन्टरको सुविधालाई विशेष प्राथमिकता दिनुपर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणलाई लिएर सीमावर्ती भारतका नेता तथा व्यापारीले जुन खुसी व्यक्त गरेका छन् । त्यही खुसी जनकपुरका व्यापारीले पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणले लोकतन्त्रको स्थायित्व र विकासका लागि कोसेढुङ्गा सावित हुने भन्दै होटल व्यवसायी महासङ्घका केन्द्रीय सदस्य विजय झुनझुुनवालाले भने यस भ्रमणले राष्ट्र तथा जनताको हीत हुने भएकाले यो भ्रमण स्वागतयोग्य रहेको छ । उहाँले प्रधानमन्त्री ओलीको भारत भ्रमणले देशमा विकासको गति अगाड् िबढी देश आर्थिक समुन्नततर्फ बढ्ने विश्वास गर्नुभयो ।
जनकपुरका व्यापारी एकै स्वरमा भन्छन्– “प्रधानमन्त्री ओलीको भारत भ्रमणले जलस्रोत, सडक निर्माण, सीमा क्षेत्रको गाउँ, सहरको विकास, हुनुका साथै नेपाल जलविद्युत् पष्ििरयोजनामा ब्राजिल जस्तो बन्नसक्ने विश्वास व्यक्त गरेका छन् ।”
उहाँहरुले यो भ्रमणले नेपाल–भारतबीच देखिएको तिक्तता समाप्त भई पञ्चशीलका आधारमा दुवै देशबीचको सम्बन्धमा सुधार आउनेछ । रासस
No comments:
Post a Comment