Friday, February 26, 2016

आर्थिक क्रान्ति अबको आवश्यकता– गृहमन्त्री बस्नेत

स्याङ्जा, १४ फागुन । गृहमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक क्रान्ति अहिलेको मुख्य आवश्यता रहेको बताउनुभएको छ ।

स्याङ्जाको २५आँै जिल्ला परिषद् तथा बजेट सार्वजनिकीरण कार्यक्रममा आज उहाँले राजनीतिक क्रान्ति सकिएकाले आर्थिक क्रान्तिको विकल्प नरहेको उल्लेख गर्नु भयो ।

मन्त्री बस्नेतले संविधान सम्झौताको दस्तावेज भएकाले सबैका मागलाई पूरा गर्न सकिदैन भन्नुभयो ।

कार्यक्रममा सांसद कमलप्रसाद पङ्गेनी, राजु थापा, मुक्तिप्रसाद पाठक, टेकु नेपाली, पूर्वशान्तिमन्त्री सत्या पहाडी, पूर्वसांसद पद्मा अर्याल र धु्रव लम्साललगायतले सबै राजनीतिक दलको सहकार्य हुनसकेमा देश विकास हुने धारणा राख्नुभयो । जिल्ला परिषद्ले कुल रु एक अर्ब ११ करोड ३० लाख ८३ हजार बराबरको बजेट प्रस्ताव गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts