दाङ, २ फागुन । सामान्य प्रशासन मन्त्री रेखा शर्माले नाकाबन्दी हटेसँगै देशमा सहज वातावरण देखापरेको बताउनुभएको छ ।
मन्त्री शर्माले भन्नुभयो–“संविधान बनाएको भन्दै नेपाली जनताले नाकाबन्दी खेपे तर त्यो हटेको छ योसँगै जनताको दैनिक जीवन सहज बन्दै आएको छ ।”
नेपाल मगर सङ्घले दाङमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नाकाबन्दीसँग भारत र नेपालबीच देखापरेको दूरी प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणले घटाउने समेत दाबी गर्नुभयो ।
नेपालको संविधान उत्कृष्ट भएको भन्दै कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताउँदै । मन्त्री शर्माले भन्नुभयो–“संविधान बनेको छ, तर कार्यान्वयनका लागि त्यतिकै कानुन बनाउनुपर्छ । त्यसका लागि सबैको सहयोग आवश्यक छ ।”
संविधानले दिएको अधिकारलाई कार्यान्वयनका लागि आन्दोलनभन्दा सहकार्य खाँचो भएको उल्लेख गर्दै उहाँले नेपालका प्रथम सहिद लखन थापाको दाङको घोराहीमा निर्माण गरेको सालिकको अनावरण गर्नुभयो । रासस
No comments:
Post a Comment