Sunday, February 14, 2016

राउटे मुखियालाई प्रमद्वारा रु तीन लाख

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राउटे मुखियालाई रु तीन लाख सहयोग प्रदान गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज राउटेका मुखियालाई प्रधानमन्त्रीको तर्फबाट उहाँका स्वकीय सचिव रमेश भट्टराईले सो रकम सहयोग गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

राउटेका मुखिया वीरबहादुर शाही, सूर्यनारायण शाही र दिलबहादुर शाहीलाई प्रधानमन्त्री ओलीका तर्फबाट सो रकम सहयोगस्वरुप प्रदान गरिएको हो ।

यसअघि चाडबाड मनाउन सरकारले आफूहरूलाई सहयोग गर्नुपर्ने माग लिएर शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका राउटेका मुखियालाई प्रधानमन्त्री ओलीले कपडासहित जुत्ता पनि किनिदिनुभएको थियो ।

नेपालका फिरन्ते जीवन बिताउने राउटे जातिको बसोबास दैलेख र अछामको जङ्गल क्षेत्रको आसपासमा रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts