Tuesday, February 23, 2016

पत्रकारिता तालिम सुरु

काठमाडौँ, ११ फागुन । ‘महिला अधिकार र सुरक्षाका लागि सामाजिक न्याय’सम्बन्धी दसदिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।

‘लावण्य सन्देश’ साप्ताहिकद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सांसद दीपकप्रसाद कुइँकेलले अहिलेको युग क्षमताको युग भएकाले क्षमताले मानिसलाई सफल बाटोमा लैजाने बताउनुभयो । उहाँले मानिसको विकासका लागि राजनीतिक दलको निर्णय भएकाले दलहरु सही बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्लेले विकास भौतिक र बौद्धिक दुई प्रकारले हुने हुँदा प्रशिक्षकले बौद्धिक विकासको अवसर दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य सुमन मेहर, नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं २ का क्षेत्रीय सभापति उपेन्द्र कार्की, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष मुरारी शर्मालगायतले तालिम लिनेले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्ने सुझाव दिनुभयो ।
उक्त तालिम सांसद विकास कोषअन्तर्गत सञ्चार विकास समूहको सहयोगमा सञ्चालन भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts