Thursday, February 11, 2016

माओवादी एकताका लागि आह्वान

काठमाडौँ, २८ माघ । विभिन्न समूहमा विभाजित माओवादी दलहरुलाई एकताबद्ध हुन ‘माओवादी एकता अभियान’ ले आह्वान गरेको छ ।

अभियानका तर्फबाट शान्ता श्रेष्ठ, प्रा डा गोपाल शिवाकोटी, दीपेन्द्र रोकाय, बोर्णबहादुर कार्की, अमन श्रेष्ठ, डा अष्टमान किसी महर्जनलगायतले आज संयुक्त वक्तव्य जारी गर्दै आगामी फागुन १ गते माओवादी जनयुद्ध दिवसको ऐतिहासिक अवसरलाई उपयोग गर्न माओवादी पार्टी सक्षम हुनेछन् भन्ने आशा व्यक्त गरिएको छ ।

विज्ञप्तिमा माओवादी आन्दोलन विभिन्न कारणले विभाजन हुँदै विघटनको अवस्थामा पुगेकाले माओवादी पार्टीबीच वैचारिक रुपमा एकता आवश्यक रहेकामा जोड दिइएको छ । अभियानले माघ १ देखि २० गतेसम्म माओवादीका शीर्ष नेतासँग भेटघाट र माघ २२ गते सबै दलका नेताको सहभागितामा अन्तक्र्रिया गरिसकेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts