Saturday, February 27, 2016

संविधानमा योगदान पु-याउने सिटौलालाई सभापति

काठमाडौँ, १५ फागुन । संविधान निर्माणमा नेता कृष्णप्रसाद सिटौलाको महत्वपूर्ण योगदान रहेको भन्दै उहाँलाई पार्टी सभापति बनाउनुपर्नेमा नेपाली काँग्रेस नेताहरुले जोड दिएका छन् ।

आज यहाँ आयोजित एक भेलामा उनीहरुले बिपी कोइरालाका उत्तराधिकारी गिरिजाप्रसाद कोइरालाको समयमा शान्ति प्रक्रियाको सहयोगी र सुशील कोइरालाको समयमा संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सिटौलालाई आगामी महाधिवेशनमा पार्टी सभापति बनाउनुपर्ने बताएका हुन् ।

सहभागी नेताले रामचन्द्र पौडेललाई पार्टीको अभिभावकीय भूमिकामा राखेर सबैलाई मान्य हुने साझा निर्णयमा पुग्न आग्रहसमेत गरेका छन् ।

भेलामा काँग्रेस काभ्रेका पूर्वसभापति शिव हुमागार्इं, काठमाडौँका पूर्वसभापति भीमसेनदास प्रधान, सङ्खुवासभाका सभापति तारामान गुरुङ, रुकुमका पूर्वसभापति मानबहादुर नेपाली, झापाका पूर्वसभापति सुधीर शिवाकोटी, ललितपुरका पूर्वसभापति चन्द्र महर्जनलगायत १०० महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यको सहभागिता थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts