Saturday, February 27, 2016

प्राकृतिक चिकित्सा केन्द्र बहिरङ्ग भवनको शिलान्यास

बुटवल, १५ फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीमा प्राकृतिक चिकित्सा केन्द्र बहिरङ्ग भवनको आज शिलान्यास गर्नुभएको छ ।

सैनामैना नगरपालिका वडा नं १ वनकट्टामा स्थापना हुने केन्द्रको बहिरङ्ग भवन दुई तलाको हुने र रु १४ करोडको लागतमा दुई वर्षभित्र निर्माण गरिने लक्ष्य राखिएको छ । सो केन्द्रका लागि हालसम्म समुदायस्तरबाट रकम सङ्कलन गरी काम गरिएको छ । केन्द्रले प्राकृतिक चिकित्सा सेवा प्रदान गर्ने र त्यसमा योग, ध्यान, व्यायाम लगायत सेवा सञ्चालन गरिने छ ।

सो अवसरमा मन्त्री पौडेलले चिकित्सा केन्द्रका लागि सरकारका तर्फबाट आवश्यक सहयोग हुने जानकारी दिनुभयो । त्यस अवसरमा केन्द्रका अध्यक्ष रामप्रसाद भट्टराईले संस्थाका बारेमा जानकारी गराउनुभएको थियो । रासस
––––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts