Monday, February 8, 2016

नेपाललाई पौडीमा अर्को कास्य पदक

गुवाहटी, (भारत) २३ माघ । यहाँ जारी १२ औं दक्षिण एसियाली खेलकुदमा नेपालले आज अर्को पदक पाउन सफल भएको छ ।

पौडीतर्फको १०० मि ब्याकस्ट्रोकमा गौरिका सिंहले एक मिनेट सात सेकेन्ड र ३१ मिलीसेकेन्डको दूरी पार गर्दैे कास्य पदक नेपाललाई दिलाएकी हुन् । उनले महिलातर्फको पौडीमा आइतबार पनि २०० मि ब्याकस्ट्रोकमा नेपाललाई कास्य पदक दिलाएकी थिइन् । यो पदकसँगै नेपालले एक स्वर्ण, चार रजत र सात कास्यसहित १२ पदक पाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts