Saturday, February 6, 2016

प्रधानसेनापति स्वदेश फिर्ता

काठमाडौँ, २३ माघ । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र भारतको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ ।

प्रधानसेनापति क्षत्रीलार्ई बलाधीकृत रथी बलदेवराज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षको निमन्त्रणामा प्रधानसेनापति क्षत्री यही माघ १८ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

भ्रमणका क्रममा उहाँलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो ।

नयाँदिल्लीमा रहँदा प्रधानसेनापति क्षत्रीले भारतीय रक्षामन्त्री, गृहमन्त्री, स्थल सेनाध्यक्ष, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायतसँग भेटवार्ता गर्नुभएको थियो ।

प्रधानसेनापतिलाई मानार्थ महारथी उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट दुवै देश र सेनाबीचको सौहार्दपूर्ण सम्बन्धले द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ योगदान पु¥याउँदै आएको नेपाली सेनाले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts