बैतडी, २३ माघ । बैतडीमा शुक्रबार भएको नेपाली काँगे्रसको क्षेत्रीय अधिवेशनको दुईवटै क्षेत्रको परिणाम सार्वजनिक भएको छ ।
महाधिवेशनका लागि बैतडीमा भएको प्रतिनिधि छनौटमा पूर्व सांसददेखि सभापतिसम्मका पराजित भएका छन् ।
बैतडी क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिनुभएका पूर्व सांसद नरेन्द्रबहादुर बम पराजित हुनुभएको छ । पराजित बम २०४८ साल र २०५६ सालमा बैतडी क्षेत्र नम्बर १ का निर्वाचित सांसद हुनुहुन्थ्यो ।
यस्तै क्षेत्र नम्बर १ बाटै महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिनुभएका पूर्व जिल्ला सभापति नरेन्द्र विष्ट पनि पराजित हुनुभएको छ । क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएका पूर्व जिल्ला सभापति शिवराज भट्ट र गजेन्द्रबहादुर चन्द पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
क्षेत्रीय सभापतिमा क्षेत्र न. १ बाट गौरसिंह रावल र २ बाट तेजबहादुर चन्द क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको छ । क्षेत्र न १ बाट महाधिवेशन प्रतिनिधिमा उत्तर ऐर, केशव चन्द, हरिमोहन भण्डारी, अम्मरबहादुर विष्ट, दीपक बम, लोकराज अवस्थी, किरणकुमार राई, खेमराज लुहार, सरस्वती कोली, जयन्ती कुवँर र मानबहादुर ऐर निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर २ बाट चतुरबहादुर चन्द, विनयध्वज चन्द, नरबहादुर चन्द, कर्ण साउद, नरेन्द्रसिंह थापा, दिनेशबहादुर चन्द, मिना चन्द, माया बोहरा, शङ्कर नेपाली, चन्द्रसिंह भाट तथा उषा गुरुङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । रासस
No comments:
Post a Comment