साँखु (काठमाडौँ), १९ माघ । नेकपा (एमाले)का संसदीय दलका उपनेता एवम् पूर्वसभामुख सुवास नेम्बाङले नेपालको वर्तमान संविधान संसारमै अद्वित्तीय रहेको बताउनुभएको छ ।
आज साँखुमा आयोजित नयाँ संविधान वितरण कार्यक्रममा बोल्दै उहाँले जनताका सुझावलाई समेटेर जनताका लागि जनताद्वारा नै बनाइएको यो संविधान उत्कृष्ट र लचिलो रहेको छ भन्नुभयो ।
उहाँले यो संविधान महिलामैत्री भएकै कारण संविधान जारी भएलगत्तै महिला राष्ट्रपति र सभामुखमा निर्वाचित र महिला यो मुलुकले पाएको उल्लेख गर्दै छिटै प्रधानन्यायाधीशसमेत महिला नै हुन लागेकाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको प्रमुख महिला भएको बिरलै भेटिने बताउनुभयो ।
सो अवसरमा कार्यक्रम संयोजक एवम् सांसद रामेश्वर फुयाँलले स्थानीय निकायको चुनाव भएपछि मात्रै देशको मुहार फेरिने र भूकम्पपीडितले सही ढङ्गले राहत पाउने बताउनुभयो । रासस
No comments:
Post a Comment