Saturday, February 13, 2016

नुवाकोट काँग्रेस सभापतिमा केसी विजयी

त्रिशूली (नुवाकोट), १ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनका लागि नुवाकोटमा भएको जिल्ला अधिवेशनमा संस्थापन पक्ष भनिएका जगदीश्वर नरसिंह केसी सभापति पदमा विजयी हुनुभएको छ ।

केसी ३३२ मत ल्याएर विजयी हुनुभएको हो । केसीका प्रतिद्वन्द्वी रमेश महतले ३१८ मत ल्याउनुभएको छ । क्षेत्रीय निर्वाचनको परिणाममा केसी पक्ष कमजोर देखिएपनि जिल्ला निर्वाचनमा भने जगदीश्वरनरसिंह केसीको प्यानलै विजयी भएको छ ।

केसी प्यानलका सचिव सुरेन्द्रराज अधिकारीले ३४३ मत ल्याएर विजयी हुनुभएको छ भने अधिकारीका प्रतिद्वन्द्वी श्रीराम श्रेष्ठले २७४ मत ल्याउनुभएको छ ।

यस्तै, केसी प्यानलका कोषाध्यक्षका उम्मेदवार महेन्द्र थिङले ३२७ मत ल्याउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी मणिराम केसीले २६२ मत ल्याउनुभएको छ ।

आज बिहान ८ बजेदेखि १ बजेसम्म भएको मतदानमा ६६३ मत खसेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts