काठमाडौँ, ३ फागुन । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले लघु तथा घरेलु उद्योगको विकासका लागि विभिन्न समयमा हुने प्रदर्शनीले सहयोग पु¥याउने बताउनुभएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा मङ्गलबारदेखि सुरु हुने छदिने ‘२७ औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु घरेलु तथा उद्यमी पुरस्कार’ प्रदर्शनीको तयारी अवलोकन गर्ने क्रममा आज मन्त्री पाण्डेयले यस्ता प्रदर्शनीले उत्पादनको प्रवद्र्धन गर्नाका साथै उद्यमी उद्यमीबीच समेत स्वच्छ प्रतिस्पर्धा गराउने बताउनुभयो ।
समितिका निमित्त कार्यकारी निर्देशक नीलम ताम्राकारले प्रदर्शनीमा ३०० कक्ष रहने बताउनुभयो । पचहत्तर जिल्लाका उद्यमीलाई प्रदर्शनीमा आफ्ना उत्पादन राख्नका लागि आह्वान गरिएको छ । प्रदर्शनी भृकुटीमण्डपमा हुने छ । रासस
No comments:
Post a Comment