त्ुालसीपुर(दाङ), १५ फागुन । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि दलीय एकता आवश्यक रहेको बताउनु भएको छ ।
पत्रकार महास्घ दाङले आज घोराहीमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले मधेशवादी दलहरुको असन्तुष्टि संबोधन गर्नका लागि सबै दलबीच समन्वय हुनुपर्ने बताउनुभएको हो ।
सभामुख घर्तीले दाङको हवाई सेवालाई नियमित गराउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
जनतालाई सूचनाको हक दिलाउन सक्रियतापूर्वक लाग्न उहाँले सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । कार्यक्रम पत्रकार महासङ्घ दाङका अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा भएको थियो । रासस
No comments:
Post a Comment