Saturday, February 27, 2016

राजनीतिक सोच, चिन्तनमा परिवर्तन आवश्यक : उपप्रधानमन्त्री रायमाझी

भक्तपुर, १५ फागुन । उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले अहिले राजनीतिक व्यवस्था परिवर्तन भए पनि सोच, चिन्तन, योजना र काम गर्ने शैलीमा परिवर्तन नहुनु देशको मूल समस्या रहेको बताउनुभएको छ ।
आज नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको १९ औँ वार्षिक साधारण सभा तथा स्थापना दिवसमा उहाँले मुलुक नयाँ व्यवस्थामा प्रवेश भइसकेको अवस्थामा नयाँ संविधान र व्यवस्था अनुसार राजनीतिक दल र नेताहरुले आफूलाई रुपान्तरण गरेर आर्थिक क्रान्तिमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
मधेस आन्दोलन र नाकाबन्दीले नेपालीको जनजीवन कष्टकर बनेपनि राष्ट्रिय भावना र एकता अभूतपूर्व रुपमा देखा परेको चर्चा गर्दै ऊर्जा मन्त्री रायमाझीले सधैँ एकतावद्ध भएर अगाडि बढ्नसके राष्ट्र सामुआएको जस्तोसुकै चुनौती पनि पार गर्न सकिने धारणा राख्नु भयो ।
उहाँले १० वर्षभित्र १० हजार मेघावाट विद्युत् उत्पादन गरेर ऊर्जामा देशलाई समक्ष बनाउन सरकारले काम सुरु गरिसकेको बताउनुभयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द पोखरेलले हालै भएको दुईवटा विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै हवाई सुरक्षाको सुधारका लागि सरकार जस्तोसुकै कदम चाल्न तयार रहेको बताउनुभयो ।
बुद्धिष्ट र हिन्दू धर्माबलम्बीहरुको सर्किट बनाउने काम आफूले सुरु गरेको चर्चा गर्दै उहाँले देशको विकासका लागि पर्यटन, जलस्रोत, उद्योग र कृषिको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री रायमाझीले पत्रकार महासङ्घ भक्तपुर शाखाले प्रदान गर्दै आएको नगद रु दुई हजार ५ सहितको मैयादेवी स्मृति पत्रकारिता पुरस्कार यसवर्ष राष्ट्रिय समाचार समितिका भक्तपुर सम्बाददाता रमेश गिरीलाई प्रदान गर्नु भयो ।
त्यस अवसरमा महासङ्घको संस्थागत विकासमा सहयोग पु¥¥याउने सांसद रामेश्वर ढुङ्गेल, राजधानी दैनिक र विदूर आलेलाई कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ केन्द्रीय उपाध्यक्ष अनिता विन्दु, पत्रकार महासङ्घ उपत्यका संयोजक ईश्वरी वाग्ले, पत्रकार महासङ्घ काठमाडाँै शाखा अध्यक्ष गोविन्द चौलागाइँ, भक्तपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, स्थानीय विकास अधिकारी ध्रुव कोइराला, सम्मानित पत्रकार गिरीलगायतले पत्रकारिता क्षेत्रको विकृतिलाई हटाउँदै पत्रकार महासङ्घलाई शुद्धिकरण गर्दै अगाडि जानुपर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts