Saturday, February 13, 2016

ढुङ्गाले लागेर महिलाको मृत्यु

बागलुङ, १ फागुन । ट्रकले सडकबाट उछिट्याएको ढुङ्गाले लागेर जिल्लाको खरबाङमा एक महिलाको ज्यान गएको छ ।

सिसाखानी–४ स्थायी घर भई दगातुम्डाँडा–७ खरबाङमा बस्दै आउनुभएकी ३० वर्षीया टीका पुनको आज मृत्यु भएको हो ।

बुटवलबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा २ ख ९२९६ नंको ट्रकले उछिट्याएको ढुङ्गाले पुनको छातीमा लागेको थियो । ढुङ्गा लागि घाइते बन्नुभएकी पुनलाई उपचारका लागि हटियास्थित स्वास्थ्य संस्थामा ल्याउँदै गर्दा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।

ट्रक र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुर्तिवाङमा राखिएको छ । घटनाबारे छानबिन भइरहेको खरबाङ प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक खिमबहादुर खत्रीले बताउनुभयो ।

चिया पसल चलाउँदै आउनुभएकी पुनले बिहान पसलअगाडि सरसफाइ गर्दा ढुङ्गाले लागेको जनाइएको छ । पुनको परिवारमा श्रीमान् जीतबहादुर र नाबालक दुई छोरीसहित एक छोरा छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts