Thursday, February 18, 2016

प्रधानमन्त्री ओली आज भारत भ्रमणमा जादै, भोलिबाट राजनीतिक भेटघाट

काठमाडौ, ७ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि ६ दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
राजकीय भ्रमण गर्ने दोस्रो कार्यकारी प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली आज नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । ४६ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ६ दिने भारत भ्रमणमा जान लाग्नुभएको हो ।
यसअघि विसं २०४६ को राजनीतिक परिवर्तनपछि विसं २०४७ मा गठित सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई राजकीय भ्रमणको सम्मान दिइएको थियो । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिएको नयाँ संविधान जारीपछिको नयाँ सरकारका प्रधानमन्त्री ओलीलाई सोही प्रकारको सम्मान दिन लागिएको हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति प्रवण मुखर्जीको आतिथ्यतामा राष्ट्रपति निवास सप्रु भवनमा रहनुहुनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि १२ गतेसम्म प्रधानमन्त्रीले भारतको राजकीय भ्रमण गर्नु लाग्नुभएको हो ।
प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार भारतले नेपालका नयाँ संविधान जारी भएको, लामो समयको द्वन्द्व सकिएको नयाँ अवस्थाको सरकार प्रमुखलाई ०४६ पछिको प्रजातन्त्र पुनःस्थापनापछिको अवस्थाको सरकार प्रमुखलाई सरहको सम्मान दिइएको हो । विगतमा सहमति भएका परियोजना र पूरा हुन बाँकी कार्य बारे पनि छलफल हुने तर छलफल सम्बन्ध सुधारका केन्द्रित हुने सरकारको भनाई छ ।
प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिकाका साथै उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल हुनु हुनेछ ।
यसैगरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, व्यवस्थापिका–संसद्का विभिन्न पार्टीका सदस्य, मुख्य सचिव डा सोमलाल सुवेदी र सम्बन्धित सचिव तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि पनि भ्रमण दलमा रहनुहुनेछ । नेपाल र भारतस्थित नेपाली दूतावासबाट गरी भ्रमण दलमा कुल ५२ जना रहनुहुनेछ ।

आज दिल्ली पुगे लगत्तै भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय ६६ आँै राष्ट्रिय प्रजातन्त्र दिवसका उपलक्ष्यमा आयोजना गर्ने स्वागत कार्यक्रममा सरिक हुनुहुनेछ । भ्रमण कार्यक्रमानुसार प्रधानमन्त्री ओली भोलि राष्ट्रपति भवनमा हुने विशेष स्वागत समारोहमा सरिक हुनुहुनेछ र उहाँले सेनाको सलामीको निरीक्षण गर्नुहुनेछ ।
त्यसपछि उहाँले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ । भोलि नै प्रधानमन्त्री ओलीले हैदराबाद भवनमा भारतीय प्रधानमन्त्रीसँग आपसी हितका विषयमा औपचारिक बैठक गर्नुहुनेछ । नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति मुखर्जी र उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts