काठमाडौ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयन गरेमात्रै सहिदको सपना पुरा हुने बताउनु भएको छ ।
६६ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका शुभकामना दिनुहुँदै राष्ट्रपति भण्डारीले जनताको चाहना एवम् त्यागका कारण देशले प्राप्त गरेको संविधानको कुशल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भएको छ । अब आर्थिक सामाजिक समृद्धितर्फको यात्रा तय गरेर नै लोकतन्त्रको सुदृढीकरणका साथै प्रजातन्त्र दिवस तथा सहिदको उच्च कदर गर्नुपर्नेमा राष्ट्रपतिको भनाई छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले पनि २००७ सालको जनआन्दोलन मार्फत सार्वभौम नेपाली जनताको अजेय शक्तिले निरङ्कुश राणा जहानियाँ शासनलाई घुँडा टेकाएको आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा अङ्कित रहेको बताउनुभएको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानले सबै नेपालीलाई समान अधिकार प्रदान गरेको तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हक सुनिश्चित गरेको बताउनुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले आधुनिक नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको बताउनु भएको छ ।
संविधानको कार्यान्वयनसँगै अब मुलुक आर्थिक÷सामाजिक विकासको दिशामा अघि बढेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले संविधान जारी भएपछि यसका केही प्रावधानलाई लिएर प्रकट भएका असन्तुष्टि, असहमति र गुनासाको सम्बोधनका लागि वार्ता र संवाद भइरहेको र संविधानको पहिलो संशोधनबाट ती असन्तुष्टि आधारभूत रुपमा सम्बोधन भएको बताउनुभएको छ ।
प्रधानमन्त्रीले कहीँ कतै केही असहमति वा गुनासा भए वार्ता र संवादकै माध्यमबाट सम्बोधन गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ ।
Thursday, February 18, 2016
राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना, संविधान कार्यान्वयनमा जोड
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment