Tuesday, February 16, 2016

माधवनारायणको विशेष पूजा

काठमाडौँ, ४ फागुन । काठमाडौँको उत्तरी भेगस्थित साँखुमा माधवनारायणको विशेष पूजा गरी स्वस्थानीका व्रतालुलाई आज खीर खुवाइएको छ ।

श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले विधि विधानअनुसार पूजा गरी २४० व्रतालुलाई चोखो गरी बनाइएको खीर भोजन गराइएको हो ।

समितिका सचिव रामकृष्ण मालीले फागुन ६ गते व्रतालुलाई चाङ्गुनारायणको परदेश यात्रा गराउनुअघि यस किसिमको भोजन गराउने परम्परा रहकाले आज सोही विधि विधानअनुसार भोजन दान गरिएको जानकारी दिनुभयो ।

गत माघ १० गतेदेखि एक महिनासम्म प्रारम्भ भएको स्वस्थानी व्रतमा २२९ महिला तथा ११ जना पुरुष छन् । उनीहरुलाई यसअघि दक्षिणकाली, पनौतीलगायत धार्मिक स्थानमा परदेश यात्रा गराइसकिएको छ ।

उक्त स्थानमा अहिलेसम्म १५ लाख भक्तजनले मेला भरेको समितिले जनाएको छ । फागुन ९ गतेसम्म चल्ने व्रतमा व्रतालुलाई आवश्यक पर्ने पूजाका सामग्री समितिले उपलब्ध गराएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts