Thursday, February 18, 2016

प्याराग्लाइडिङ प्रिवल्र्डकप फागुन १५–२२ सम्म

paraglaiding-768x512पोखरा, ६ फागुन । नेपाल हवाई खेलकुद संस्था पोखराको आयोजनामा यही फागुन १५ देखि २२ गतेसम्म पोखरामा प्याराग्लाइडिङ प्रि वल्र्ड कप प्रतियोगिता आयोजना गरिने भएको छ ।

मनोरञ्जनात्मक एवम् साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालको आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित सो प्रतियोगितामा नेपालसहित ३५ राष्ट्रका १५० जना प्याराग्लाइडिङ पाइलटले भाग लिने संस्थाका अध्यक्ष सोभित बानियाँले आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिनुभयो ।

पोखराको सराङ्कोटबाट प्रतियोगिताका सहभागी प्याराग्लाइडिङ पाइलट उड्ने र फेवातालको किनार खपौदीमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगिता सम्पन्न गर्न रु ५६ लाख ८० हजार खर्च लाग्ने र उक्त रकम संस्थाका सदस्य कम्पनी, नेपाल पर्यटन बोर्ड र सहभागिता शुल्कबाट व्यहोरिने बताइएको छ ।

प्रतियोगिताका विजयी पाइलटलाई नगद पुरस्कारबाट पनि पुरस्कृत गरिने कार्यक्रम संयोजक कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न विभिन्न १३ वटा उपसमिति पनि गठन गरिएको छ । संस्थाले विगत १६ वर्षदेखि निरन्तररुपमा नेपाल खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता गर्दै आएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts