Thursday, February 18, 2016

विद्युत् महसुल नतिर्ने उपभोक्ताको सहकारीले लाइन काट्दै

कञ्चनपुर, ६ फागुन । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–३ मा रहेको सयपत्री ग्रामीण विद्युतीकरण सहकारी संस्थाले लामो समयदेखि विद्युत्को महसुल नतिर्ने ग्राहकको विद्युत् लाइन काटन सुरु गरेको छ ।

पाँच महिनाभन्दा बढी समयदेखि विद्युत्को महसुल नबुझाउने उपभोक्ताको सहकारीले लाइन काट्न सुरु गरेको हो ।

पाँच महिना बढी समयदेखि विद्युत्को महसुल नतिर्ने १७ जना उपभोक्ताको दुई दिनको अवधिमै लाइन काटेको सहकारीका कार्यालय व्यवस्थापक आशिष चौधरीले बताउनुभयो ।

“अन्य महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गर्दैछौँ”– उहाँले भन्नुभयो । पुनः लाइन जडानका लागि बक्यौतासहित उपभोक्ताले महसुलसँगै रु ५०० जरिवाना बुझाउनुपर्ने नियम बनाएको छ । बक्यौताबापत सहकारीले कुल महसुलको २५ प्रतिशत रकम लिँदै आएको छ ।

सहकारीमार्फत विद्युत् उपभोग गर्दै आएका ३१२ उपभोक्ता रहेका छन् । सहकारीले नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् खरिद गरी उपभोक्तालाई आपूर्ति गर्दै आएको छ ।

कञ्चनपुरमा विद्युत् आपूर्ति गर्ने सहकारीको सङ्ख्या २२ रहेको छ । सहकारीका लागि विद्युत् आपूर्ति गर्नका लागि डेनमार्क सरकारको सहयोग नियोग डानिडाले पूर्वाधार निर्माण गरेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts