Tuesday, February 2, 2016

मधेसी मोर्चाका नेतालाई दिल्ली, विहार धाउनु दुःखद : उपप्रधानमन्त्री गच्छदार

विराटनगर, १९ माघ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेस आन्दोलनको नाउँमा जनतालाई सडकमा होम्ने तथा सर्वसाधारणलाई सास्ती दिने कार्य गलत भएको बताउनुभएको छ ।

सो पार्टीद्वारा आज विराटनगरमा आयोजित कार्यकर्ता भेलामा उहाँले संविधानको संशोधनबाट नै सीमाङ्कनको मुद्दा सम्बोधन हुनसक्ने भए पनि मधेसी मोर्चाका नेताहरु दिल्ली र विहार धाइरहनु दुःखद् भएको टिप्पणी गर्नुभयो ।

मधेसी मोर्चाको मागअनुसार नै संविधानमा संशोधन पारित भइसकेको र सीमाङ्कनको मुद्दाका लागि नाकाबन्दी र बन्दहडताल जारी राख्नुको उचित नदेखिएको स्पष्ट पार्दै उहाँले शान्तिपूर्ण रुपमा दबाब दिन मधेसवादी दललाई आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री गच्छदारले जारी भएको संविधान संसारकै उत्कृष्ट संविधानमध्ये एक रहेको र यसले मधेसी, आदिवासी जनजाति, थारू, दलित र महिलाको हकअधिकार सुनिश्चित गरेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts