Tuesday, February 2, 2016

काँग्रेस आए धेरै मन्त्रालय दिन तयार छौँ : मन्त्री पोख्रेल

तुलसीपुर (दाङ), १९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोख्रेलले नेपाली काँग्रेस सरकारमा आए प्रधानमन्त्रीबाहेक आफ्नो पार्टीले लिएका अन्य धेरै मन्त्रालय दिन तयार रहेको बताउनुभएको छ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको श्रीमद्भागवत महापुराण तथा धार्मिक महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले संविधान बनाउने शक्ति विभाजित भएर होइन एकै ठाउँमा आएर संविधानको सफल कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो ।

“काग्रेस १३ औँ महाधिवेशनपछि सरकारमा आएर देशलाई समृद्ध बनाउनतर्फ लाग्नुपर्छ”, उहाँले भन्नुभयो । विखण्डनबाट मुलुक जोगाउन सबै दल एक हुनुपर्ने पनि मन्त्री पोखरेलको भनाइ थियो ।

दाङको पर्यटन क्षेत्रको विकास गर्न गुरुयोजना बनाउन जिल्ला विकास समितिलाई निर्देशन दिँदै उहाँले टरिगाउँ विमानस्थलमा हवाईसेवा सञ्चालन गर्न र इन्धन डिपो स्थापनाका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts