Saturday, February 27, 2016

‘पाँच नं प्रदेशको राजधानीका लागि दाङ उपयुक्त’

दाङ, १५ फागुन । सभामुख ओनसरी घर्तीले प्रस्तावित ५ नं प्रदेशको राजधानीका लागि दाङ नै उपयुक्त भएको बताउनुभएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य सङ्घले आज घोराहीमा आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले भन्नुभयो – “भौगोलिक, आर्थिक, सुरक्षालगायतको दृष्टिले दाङ नै राजधानीका लागि उपयुक्त भएकाले हामीले दाङलाई राजधानी बनाउन पहल गरिरहेका छौँ ।”

पहिलो प्रादेशिक सभाले राजधानीको टुङ्गो लगाउने भए पनि राजधानीका लागि आवश्यक पर्ने विषयलाई ध्यानमा राखी अगाडि बढिने सभामुख घर्तीले बताउनुभयो ।

व्यवसायीको सक्रियतामा निर्माण भएको दाङको धावन मार्गमा नियमित हवाई सेवा सञ्चालनका लागि पहल गरिने प्रतिबद्धता जनाउँदै उहाँले दाङको विकासका लागि सहिद मार्ग, मेडिकल कलेज लगायत योजनालाई प्रभावकारी रुपले उठाउनुपर्छ भन्नुभयो ।
“संविधान जारी गर्दाको जस्तो दलीय एकताबिना संविधान कार्यान्वयनमा आउँदैन । ” अर्काे प्रसङ्गमा उहाँले भन्नुभयो ।
रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts