Saturday, February 27, 2016

‘जलविद्युत्, पर्यटन र कृषि क्षेत्रमा प्रचुर सम्भावना’

म्याग्दी, १५ फागुन । पशुपक्षी विकास राज्यमन्त्री नरदेवी पुनले जिल्लामा जलविद्युत्को उच्च सम्भावना रहेको बताउनुभएको छ ।

नारच्याङ गाविसमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको घलेम्दी हाइड्रो लिमिटेडको दोस्रो साधारणसभाको आज बेनीमा उद्घाटन गर्दै उहाँले जिल्लामा प्रशस्त खोलानाला रहेकाले यहाँबाट ठूलो मात्रामा जलविद्युत् उत्पादन गर्न सकिन्छ भन्नुभयो ।

राज्यमन्त्री पुनले म्याग्दीमा जलविद्युत्सँगै पर्यटन र कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेको पनि बताउनुभयो । उहाँले घलेम्दीखोला जलविद्युत्मा जिल्लावासीकै नेतृत्व र लगानी रहेकाले यो आयोजना सम्पन्न भएमा जिल्लाका अन्य आयोजना समेत अगाडि बढाउन दबाब पुग्ने बताउनुभयो । “अहिले जिल्लामा रहेका अधिकांश खोला दर्ता गरी कब्जा गरी धेरै बसेका छन्, यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ, यसका लागि सबै लाग्न आवश्यक छ – राज्यमन्त्रीले भन्नुभयो ।”

आयोजनाको काम छितो छरितो बनाएर समयमै सम्पन्न गर्न सकेमा लगानीकर्ता उत्साहित हुनाका साथै मुलुकको ऊर्जा सङ्कट समाधानमा समेत टेवा पुग्ने राज्यमन्त्री पुनले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts