भक्तपुर, २ फागुन । नेपाली काँग्रेस भक्तपुर जिल्ला अधिवेशन फागुन ४ देखि ८ गतेसम्म हुने भएको छ ।
गत माघ २८ गतेका लागि निर्धारित गरिएको अधिवेशन पार्टीका केन्द्रीय सभापति सुशील कोइरालाको निधनपछि रोकिएको थियो ।
यही फागुन ६ गते अधिवेशनको उद्घाटन, ७ गते उमेदवारी दर्ता र ८ गते निर्वाचन कार्यक्रम तय भएको नेपाली काँग्रेस भक्तपुरका सभापति गणेशमान चक्रधरले जानकारी दिनुभयो ।
जिल्ला सभापतिमा अष्टकुमार कवेँ, विनोद कायस्थ, गणेशमान चक्रधर, दुर्लभ थापा र प्रवीण वनले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । रासस
No comments:
Post a Comment