Wednesday, February 24, 2016

नेपाल भाषासेवीलाई सम्मान

काठमाडौँ, १२ फागुन । जगतसुन्दर ब्वनेकुथिले नेपाल भाषाको संरक्षण र सम्बद्र्धनमा उल्लेख योगदान पु¥याएका पाँच महानुभावलाई आज सम्मान गरेको छ ।

नेपाल भाषाको माध्यमबाट पठनपाठन हुने मुलुकको एक मात्र यस माध्यमिक विद्यालयको रजत जयन्तीका अवसरमा विद्यालय व्यवस्थापनले अनाररत्न बज्राचार्य, अमेष बज्राचार्य, राजभाइ जःकमी, विष्णु चित्रकार, मनदास श्रेष्ठ र डा चुन्दा बज्राचार्यलाई सम्मान गरेको हो ।

विसं २०४७ देखि सञ्चालनमा आएको यस विद्यालयमा १० कक्षासम्म अध्यापन हुन्छ । अहिले यहाँ २४५ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयमा आज आयोजित कार्यक्रममा नेपाल भाषा एकेडेमीका कुलपति चित्तरन्जन नेपालीले मातृ भाषाको संरक्षणका लागि सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले विद्यालयलाई उच्च मावि बनाउन पहल गर्नुपर्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक माया मानन्धरले नेपाल भाषाको अस्तित्व सङ्कटमा परेपछि त्यसलाई जगेर्ना गर्न केही समाजसेवीको सहयोगबाट संस्था स्थापना गरिएको जानकारी दिँदै विद्यालयको यो सत्प्रयासमा सबैको हातेमालो हुनुपर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts