भीमदत्तनगर, ७ फागुन । राष्ट्रिय समाचार समिति (रासस)को ५५औँ वार्षिकोत्सवको अवसर पारेर कञ्चनपुरको भीमदत्तनगरस्थित रासस महाकाली अञ्चल कार्यालयमा अतिथि गृहको शिलान्यास गरिएको छ ।
महाकाली अञ्चल कार्यालय परिसरमा कञ्चनपुरका प्रजिअ मनोहरप्रसाद खनालले अतिथि गृहको शिलान्यास गर्नुभएको हो ।
स्थानीय निकायको करिब रु डेढ लाखको सहयोगमा निर्माण हुन लागेको सो अतिथि गृहको निर्माण कार्य आगामी चैत मसान्तभित्र सम्पन्न हुने बताइएको छ ।
शिलान्यास कार्यक्रममा रासस अञ्चल कार्यालयका निमित्त प्रमुख शेरबहादुर सिंह, हनुमानध्वज गुल्मका सहायक सेनानी असिम श्रेष्ठ र सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।
सोही अवसरमा अञ्चल कार्यालयले जलपान कार्यक्रमको समेत आयोजना गरेको थियो । विसं २०३६ मा स्थापित सो कार्यालय भवनको गत वर्ष स्थानीय स्रोतसाधनको प्रयोग गरी जीर्णोद्धार गरिएको थियो । रासस
No comments:
Post a Comment